close

एसपिपीमा सहभागी नहुने भनेर पत्र पठाइएको छैन : परराष्ट्र

एसपिपीमा सहभागी नहुने भनेर पत्र पठाइएको छैन : परराष्ट्र

Trulli
ADVERTISEMENT

काठमाडौं । परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले एसपिपीमा सहभागी नहुने भनी अमेरिकालाई चिठी नपठाइएको बताएकी छन् । 

आइतबार आयोजित पत्रकार सम्मेलनमा परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले सरकारको निर्णयमाथि अध्ययन भइरहेको जानकारी दिँदै यस्तो जानकारी गराएकी हुन् । 

यद्यपि एसपिपीमा सहभागी नहुने भनी सरकारले अमेरिकालाई पठाएको पत्र मन्त्रालयलाई प्राप्त भएको उनको भनाइ थियो । 

‘पहिले हामीबाट पत्राचार भएको होइन । यसबारेमा अध्ययन भइरहेको छ । पठाउने भन्नेबित्तिकै हुँदैन । पहिले के-के भएको थियो भन्ने विषयमा पनि बुझ्नुपर्ने हुन्छ’ प्रवक्ता लम्सालले भनिन्, ‘उपयुक्त समयमा नेपाल सरकारको निर्णयलाई डिप्लोम्याटिक च्यानलबाट पत्राचार गर्छौंँ ।’