close

कोपनहेगनको सपिङ मलमा बन्दुक आक्रमण, तीन जनाको मृत्यु

कोपनहेगनको सपिङ मलमा बन्दुक आक्रमण, तीन जनाको मृत्यु

Trulli
ADVERTISEMENT

डेनमार्कको राजधानी कोपनहेगनमा रहेको सबैभन्दा ठूलो सपिङ मलहरू मध्ये एकमा एक जना बन्दुकधारीले तीन जनाको हत्या गरेका छन् ।

घटनामा कैयन घाइते भएको र उनीहरूमध्ये तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

स्थानीय समयअनुसार आइतबार राति बन्दुकधारीले अन्धधुन्ध गोली चलाएका थिए ।

गोली लागेर मृत्यु हुनेमा एक जना ४० वर्षीय पुरुष र दुई जना युवा रहेको कोपनहेगन प्रहरीले जनाएको छ ।

उक्त सपिङ मलमा विभिन्न क्षेत्रमा एकै साथ आक्रमण भएको थियो । सामाजिक सञ्जालमा उक्त क्षेत्रबाट थुप्रै मानिसहरु भागाभाग गरेको फोटो-भिडियो सार्वजनकि भएको छ ।

घटनाको छानबिनका क्रममा एक डेनिस पुरुष पक्राउ परेको बताइएको छ । २२ वर्षीय ती युवाबाट राइफल बरामद गरिएको कोपनहेगन प्रहरी प्रमुख सोरेन थमेसनले बताए ।

प्रहरी प्रमुख थमेसनले आक्रमणको कारण स्पष्ट नभएको र उनले उक्त कार्यलाई 'आतङ्कवाद सम्बन्धी कार्य' होइन भन्न नसकिने बताए ।

प्रधानमन्त्री मेट फ्रेड्रिकसेनले डेनमार्कले क्रूर आक्रमण भोगेको बताइन् । मृतकका आफन्तलाई समवेदना सन्देशसहित उनले सम्पूर्ण डेनिशहरूलाई यस कठिन घडीमा एकअर्कालाई साथ र सहयोग प्रदान गर्न प्रोत्साहित गर्न चाहेको बताइन् ।