close

श्रीलंकामा सकियो इन्धन, सार्वजनिक यातायात ठप्प

श्रीलंकामा सकियो इन्धन, सार्वजनिक यातायात ठप्प

Trulli
ADVERTISEMENT

कोलम्बो । श्रीलंकाका ऊर्जामन्त्री कञ्चना विजेसेकेराले देशमा इन्धन सकिएको जनाएका छन् । देशमा सञ्चित रहेको इन्धन एक दिनका लागि पनि नपुग्ने उनले बताएका हुन् ।

इन्धन अभावले देशमा सार्वजनिक यातायात ठप्प छ ।

आइतबार मन्त्री विजेसेकेराले मुलुकमा पेट्रोल भण्डारण करिब ४ हजार टन रहेको र यसले एक दिनको माग पनि धान्न नसक्ने बताएका हुन् । 

‘पेट्रोल र डिजेल जुलाई २२ वा २३ मा मात्र आइपुग्ने अनुमान गरिएको छ,’ उलने भने । 

नियमितबाहेकका अन्य आपूर्तिकर्तासँग सम्पर्क गरेको भए पनि जुलाई २२ अघि नयाँ आपूर्तिका लागि आश्वासन नपाएको उनले बताए । 

टाट पल्टिएको श्रीलंकाले आपतकालीन अवस्थामा बाहेक सबै इन्धन बिक्रीमा दुई हप्ताको लागि रोक लगाएको थियो ।

श्रीलंकामा आर्थिक संकट गहिरिँदै गएपछि विदेशी मुद्राको अभाव भएको र इन्धन लगायत अत्यावश्यक सामग्रीको आयातमा समस्या भएको हो ।