close

इटालीमा हिमपहिरो, ६ जना हाइकरको मृत्यु

इटालीमा हिमपहिरो, ६ जना हाइकरको मृत्यु

Trulli
ADVERTISEMENT

इटालीमा हिमपहिरो खस्दा ६ जनाको मृत्यु भएको छ । स्थानीय समयअनुसार आइतबार दिउँसो खसेको हिमपहिरोमा ८ जना घाइते भएको रोयटर्सले जनाएको छ ।

तीन हजार ३०० मिटर अग्लो मरमोलदा हिमालबाट हिमपहिरो खसको थियो । घाइतेलाई नजिकैको अस्पताल भर्ना गरिएको बताइएको छ ।

घटनामा ज्यान गुमाउनेहरुमा हाइकरहरु रहेको बताइएको छ । पुन्ट रोका नजिकै रहेको उक्त क्षेत्रमा हाइकर र आरोही पुग्ने गर्छन् । मौसम राम्रो भएकोले उद्धारमा सहज भएको थियो ।

थप उद्धारका लागि हेलिकप्टर र कुकुरको प्रयोग गरिएको छ । उक्त क्षेत्रमा अझै १० जना मानिस हराइरहेका छन् ।

पहिरोको समयमा उक्त क्षेत्रमा कति हाइकर थिए भनेर यकिन नभएको बताइएको छ । तापक्रम बढेका कारण हिमपहिरो खसेको अनुमान गरिएको छ ।