close

युक्रेनको डोनेट्स्कमा श्रृंखलाबद्ध विस्फोट, १३ जनाको मृत्यु

युक्रेनको डोनेट्स्कमा श्रृंखलाबद्ध विस्फोट, १३ जनाको मृत्यु

Trulli
ADVERTISEMENT

पूर्वी युक्रेनको सहरमा भएका शृङ्खलाबद्ध विस्फोटमा परी १३ जनाको मृत्यु भएको छ ।

अन्य केही घाइते भएको डोनेट्स्कका रुस समर्थित मेयरले बताएका छन् । डोनेट्स्क पृथक्तावादी नियन्त्रित सहर हो ।

घटनाबारे युक्रेनी अधिकारीले कुनै टिप्पणी गरेका छैनन् ।

डोनेट्स्कलाई सन् २०१४ देखि रुसको प्रतिनिधत्व गर्ने अधिकारीहरूले नियन्त्रणमा राखेका छन् ।

उनीहरूले बारम्बार युक्रेनी सेनाले उक्त सहरलाई निसाना बनाएको आरोप लगाएका छन् ।

पूर्व युक्रेनको पृथकतावादी नियन्त्रित क्षेत्रका घटनाहरूको स्वतन्त्र रूपमा पुष्टि हुन कठिन छ ।

यद्यपि स्थानीय अधिकारीले सहरको पश्चिममा रहेको एउटा गाउँबाट डोनेट्स्कको कुभिशेभ्स्की जिल्लामा नौवटा १५० एमएमका गोलाबारी गरिएको बताएका छन् ।