close

१० महिनामा अमेरिकाका विद्यालयमा २५७ हिंसात्मक आक्रमण

१० महिनामा अमेरिकाका विद्यालयमा २५७ हिंसात्मक आक्रमण

Trulli
ADVERTISEMENT

काठमाडौं । संयुक्त राज्य अमेरिकामा विद्यालयमा हुने गरेका हिंसाका घटना सन् २०२२ मा झन् धेरै भएका छन् । अष्ट्रेलियाको एक संस्थाले गरेको अनुसन्धानबाट सो तथ्य पाइएको हो । सो अनुसन्धानका अनुसार अमेरिकामा पहिलेका वर्षहरूका तुलनामा यस वर्ष दुई महिना बाँकी छँदै विद्यालयमा बन्दुक आक्रमणका घटना बढी देखिएको हो ।

सन् २०२१ अमेरिकी इतिहासमै सबैभन्दा धेरै यस्ता हिंसाका घट्ना भएको वर्ष भनिएकामा सन् २०२२ का दुई महिना बाँकी छँदै अहिले नै २५७ वटा घटना यसवर्ष मात्र भएको पाइएको समाचारमा जनाइएको छ ।

सन् २०२१ मा यहाँका विद्यालय तथा विश्वविद्यालयमा यस्ता घटना २५० वटा भएका थिए । ती घटनाका तुलनामा अहिले बढेको अष्ट्रेलियाली मिडिया नेटवर्क संस्था द कन्भरसेसन्सले जानकारी दिएको हो ।

सो संस्थाले तीन जना अमेरिकी अपराध न्यायसम्बन्धी विज्ञसँग पनि अमेरिकामा विद्यालय, विश्वविद्यालयमा यहाँका किशोरकिशोरीहरुले गर्ने गरेका बन्दुक हमलाका विषयमा कुराकानी गरेर एक विश्लेषण पनि अनुसन्धानका क्रममा तयार पारेको जनाएको छ ।

अमेरिकी किशोरकिशोरीहरुले विद्यालयमा हुने गरेका सानातिना विवादहरुमा पनि बन्दुक हमला गरेर आफ्ना साथीहरुको हत्या गर्ने गरेका छन् । अमेरिकामा सन् २०१८ देखि २०२२ सम्ममा भएका यस्ता हिंसाका घटनाबाट कम्तीमा पनि ५२ जनाको ज्यान गएको छ ।