close

तिब्बतमा प्रर्दशन, केन्द्र सरकार मौन

तिब्बतमा प्रर्दशन, केन्द्र सरकार मौन

Trulli
ADVERTISEMENT

काठमाडौं । चीनको स्वशासित क्षेत्र तिब्बतमा चीन सरकारले कोरोना नियन्त्रणका लागाएको प्रतिबन्धविरुद्ध प्रदर्शन  भएको छ । करिब तीन महिनायता जारी लकडाउनको विरुद्धमा तिब्बतीहरु प्रदर्शन उत्रिएको बिबिसीले उल्लेख गरेको छ । 

प्रदर्शनका क्रममा झडपसमेत भएको बताइएको छ । प्रहरीले प्रदर्शनकारीलाई शान्त रहने अनुरोध गरे पनि त्यसलाई बेवास्था गर्दै प्रदर्शन भएका छन् । तिब्बतमा जारी लकडाउन नहटे तिब्बतमा आगो लगाउने चेतावनीसमेत उनीहरुले दिएका छन् । 

तर, चिनियाँ सरकार भने यसबारे मौन रहेको बिबिसीले उल्लेख गरेको छ ।