close

नेपालले भारतलाई पठायो कूटनीतिक नोट

नेपालले भारतलाई पठायो कूटनीतिक नोट

Trulli
ADVERTISEMENT

काठमाडौं । नेपालले भारतलाई कूटनीतिक नोट पठाएको छ । 

महाकाली नदीपारि सडक निर्माणका क्रममा भारतीय पक्षले गराएको विस्फोटबाट उछिट्टिएको ढुंगा लागेर दार्चुलामा नेपाली बालकको मृत्यु भएको घटनालाई लिएर आइतबार परराष्ट्र मन्त्रालयले काठमाडौंस्थित राजदूतावासमार्फत भारतलाई कूटनीतिक नोट पठाएको हो ।

घटनापछि भारतीय पक्षले महराको परिवारलाई १६ लाख रुपैयाँ राहत रकम दिएको छ ।