close

पूर्वप्रधानमन्त्री इमरान खानमाथि गोली प्रहार

पूर्वप्रधानमन्त्री इमरान खानमाथि गोली प्रहार

Trulli
ADVERTISEMENT

काठमाडौं । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानमाथि गोली प्रहार भएको छ । बिबिसीका अनुसार  पाकिस्तानको गुजरान्वालाको हल्लाहवाला चोकमा पूर्वप्रधानमन्त्री तथा पीटीआईका अध्यक्ष खानमाथि गोली प्रहार भएको हो । 

पिटिआईका नेता ड यास्मीन राशिदका अनुसार घटनामा खान घाइते भएका छन् ।  बिबिसी उर्दूका अनुसार हमलामा सांसद फैसल जावेद पनि घाइते भएका छन् । 

अधिकारीहरूका अनुसार तीनदेखि चार जना घाइते भएका छन् । प्रहरीले घटनास्थलबाट एक जनालाई पक्राउ गरेको छ । गोली उनले नै चलाएको हो या कसले भन्नेबारे पुष्टि नभएको प्रहरीले जनाएको छ ।