close

विवाह समारोहमा झगडा हुँदा ४ जनाको मृत्यु

विवाह समारोहमा झगडा हुँदा ४ जनाको मृत्यु

Trulli
ADVERTISEMENT

काठमाडौं । स्पेनमा आइतबार बिहान एक विवाह पार्टीका सदस्यहरूबीच झगडा  भएको र उनीहरूलाई कारले ठक्कर दिँदा चार जनाको मृत्यु भएको छ भने चारजना गम्भीर घाइते भएका छन्।

घटनामा संलग्न भएको आरोपमा तीन जनालाई हिरासतमा लिइएको राष्ट्रिय प्रहरीका प्रवक्ताले एएफपीलाई  बताएका छन् । 

म्याड्रिडबाट करिब २५ किलोमिटर (१६ माईल) उत्तरपूर्वमा रहेको टोरेजोन डे अर्डोजमा विवाहको आयोजना गरिरहेको रेस्टुरेन्टको अगाडि बिहानै झगडा भएको थियो।

झगडापछि एउटा कारले विवाहमा आएका पाहुनालाई ठक्कर दिएर भागेको थियो ।
‘जब हामी घटनास्थलमा पुग्यौं र त्यहाँ गम्भीर चोटपटकबाट  चार जनाको मृत्यु भएको  पाइएको,’ म्याड्रिड आपतकालीन सेवाका प्रमुख कार्लोस पोलोले बताएका छन् । 

घाइते अन्य चारजनालाई उपचारका लागि अस्पताल लगिएको उनले बताए । आक्रमण गरेको आशंका गरिएको गाडी दुर्घटनास्थलबाट ५० किलोमिटर टाढा भेटिएको र त्यसमा सवार तीन जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।