close

सैनामैनामा अवैध रुपमा खाेलाजन्य सामग्री ओसारप्रसार

सैनामैनामा अवैध रुपमा खाेलाजन्य सामग्री ओसारप्रसार

Trulli
ADVERTISEMENT

रुपन्देही ।  सैनामैना नगरपालिकामा अवैध खोलाजन्य पदार्थ उत्खनन् गरि बिक्रि वितरण गरेको पाईएको छ । सैनामैना वडा न.१० बेमटनी भन्ने स्थानबाट खेती सम्माउँने बहानामा ढुङगा निकास गरि ओसारप्रसार गर्दै आएको पाइएको हो । 

अवैध रुपमा खोलाजन्य सामग्री ओसार प्रसार गरेको अवस्थामा नगरपालिकाले सो कार्यलाई नियन्त्रणमा लिएको छ । केही दिन देखि उत्खनन् पश्चात डम्पिङ गरेको र बिक्रि वितरण गरेको भन्ने सुचना आए संगै नगरपालिकाको ध्यान त्यसतर्फ केन्द्रित भएको बताईएको छ । नगरपालिकाको अनुसार ३ वटा टिप्पर, १ हाईवा टिप्पर सो कार्यको प्रयोग हुदै आएको एक्साभेटर चालकले उल्लेख गरेका छन् ।

सैनामैना नगरपालिकाका नगरप्रमुख फणेन्द्र प्रसाद शर्मा,वडा न.१०का वडाअध्यक्ष कृष्ण घिमिरे,पत्रकार लगायतको रोबरमा प्रयोग भएका रा १ ख ७७६ नम्बरको एक टिप्पर,एक एक्साभेटर नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय सालझण्डीलाई जिम्मा लगाईएको  जनाइएको छ ।

सुकुम्बासी जग्गाबाट अवैध रुपमा उत्खनन् भई बिक्रि वितरण भएको भन्दै नियन्त्रणमा लिईएको सैनामैना नगरपालिकाका मेयर फणेन्द्र प्रसाद शर्माले जानकारी दिए । खेती बनाउने बहानामा ओसारपोसार गर्नु मापदण्ड विपरित भएको भन्दै राज्यको सम्पत्ती दोहन गर्न कसैला पनि छुट नभएको मेयर शर्माको जिकिर रहेको छ । मेयर शर्मा भन्छन्, 'हामीले खेती बनाउन अनुमति दिएको हो तर यसरी ठुलो मात्रामा ढुङगा उत्खनन् गरि घाडगद्धी गरि बिक्रि गर्न आदेश दिएका छैनौँ ।'

यस्तै,वडा न.१०का वडाअध्यक्ष कृष्ण घिमिरेले मापदण्ड विपरित घाडगद्धी गरि बिक्रि गरेको बताएका छन् । स्थानीयबाट पनि आफुलाई फोन आउने गरेको बताउदै वडाअध्यक्ष घिमिरेले कानुन भन्दा माथी कोही नरहेको बताए ।