close

बालेन शाह र गगन थापाबीच भेटवार्ता, के भयो कुराकानी ?

बालेन शाह र गगन थापाबीच भेटवार्ता, के भयो कुराकानी ?

Trulli
ADVERTISEMENT

काठमाडौं । काठमाडौं महागरपालिका प्रमुख (मेयर) बालेन्द्र शाह र नेपाली कांग्रेसका महामन्त्री गगन थापाबीच भेटवार्ता भएको छ ।

हिजो (बुधबार) मेयर शाह र महामन्त्री थापाबीच भेटवार्ता भएको हो ।

भेटवार्तामा काठमाडौंको फोहर व्यवस्थापन तथा सम्पदा संरक्षण लगायतको विषयमा कुराकानी भएको महामन्त्री थापाले जानकारी दिए ।

त्यस्तै सार्वजनिक यातायात व्यवस्थापन, सहरी स्वास्थ्य सेवा लगायतका विषयमा पनि मेयर शाहसँग अर्थपूर्ण छलफल भएकाे थापाले बताए ।

सामाजिक सञ्जालमा महामन्त्री थापाले लेखेका छन्, 'हिजो काठमाडौं महानगर प्रमुखज्यूसँग काठमाडौंको फोहोर मैलाको व्यवस्थापन, सम्पदा संरक्षण, सार्वजनिक यातायात व्यवस्थापन, सहरी स्वास्थ्य सेवा लगायतका विषयमा अर्थपूर्ण छलफल भयो ।'

महानगरको सकारात्मक पहलकदमीमा आफूले निरन्तर साथ दिने थापाले बताएका छन् ।

'काठमाडौंको महानगरको सकारात्मक पहलकदमीमा मेरो निरन्तर साथ रहने छ ।' थापाले लेखेका छन् ।