close

बराहक्षेत्र नगरको ध्यान : सुत्केरी शिक्षिका र विद्यार्थीमा

बराहक्षेत्र नगरको ध्यान : सुत्केरी शिक्षिका र विद्यार्थीमा

Trulli
ADVERTISEMENT

काठमाडौं । बराहक्षेत्र नगरपालिकाले शिक्षिका सुत्केरी भई बिदामा बसेका बेला वैकल्पिक शिक्षक राख्ने निर्णय गरेको छ । 

शिक्षिका सुत्केरी बिदामा बसेका बेला विद्यालयको पढाइ प्रभावित नहोस् भनेर  वैकल्पिक शिक्षक राख्ने निर्णय गरिएको नगरप्रमुख रमेश कार्कीले बताए । 

उनका अनुसार सुत्केरी शिक्षिकाका लागि पौष्टिक आहारा र अस्पताल जानका लागि सहयोग होस् भनेर पच्चीस सय दिने निर्णय पनि पालिकाले गरेको छ । 

शिशु जन्मिएपछि वडाध्यक्ष पौष्टिक आहारका साथ घरमा नै पुगेर पञ्जीकरण दर्ता गर्ने व्यवस्था गरेको उनले बताए । 

‘विकासको पहिलो खुड्किला भनेको शिक्षा र स्वास्थ्य हो भनेर यसको विकासमा लागि परेको छु । नेपालकै फरकखालको स्वास्थ्य सेवा बराह नगरपालिकाले प्रवाह गर्नुपर्छ भनेर म लागेको छु । हाल चौबीसै घन्टा स्वास्थ्य सेवा प्रदान गरिएको छ । नगरअस्पतालको क्षमता बढाउन काम गरिरहेका छौँ । ओपिडी सेवा बिहान सातदेखि बेलुका आठ बजेसम्म चलाएका छौँ । नगरपालिकाभित्रका विद्यालयमा पुगेर नगरपालिकाको भौतिक अवस्थाको स्थितिको अध्ययन र अनुगमन गरिरहेका छौँ,’ उनले भने ।