close

५ वर्ष लाग्ने काम २ वर्षमा पूरा गर्छु : नगरप्रमुख कलवार

५ वर्ष लाग्ने काम २ वर्षमा पूरा गर्छु : नगरप्रमुख कलवार

Trulli
ADVERTISEMENT

रौतहट । गरुडा नगरपालिका नगरप्रमुख कन्थमणिप्रसाद कलवारले दुई वर्षभित्रै आफ्ना योजना पूरा गर्ने बताएका छन् । 

पालिका खबरसँग भएको कुराकानीका क्रममा आफू पाँच वर्षका लागि निर्वाचित भए पनि दुई वर्षमै आफ्ना योजना पूरा गर्ने बताए । यस्तै, उनले नगरप्रमुख जनमैत्री हुनुपर्ने बताए । 

पहिले नगरप्रमुख कार्यकक्षमा सेवाग्राहीलाई समस्या हुने गरेको बताउँदै उनले अहिले त्यस्तो समस्या नरहेको बताए । 
‘पहिले मेयरको कोठा पस्न समस्या हुन्थ्यो । अहिले सेवागाह्रीलाई मेयरसँग भेट्न कुनै समस्या हुँदैन,’उनले भने । 

नगरप्रमुख भएपछि नगरपालिकामा सेवाग्राहीलाई सहज वातावरण बनाएको बताउँदै कर्मचारीले सेवाग्राहीको गुनासोको सम्बोधन हुनेगरी काम गरेको बताए ।  पहिले फोहोरका कारण सडकबाट दुर्घन्ध भएको बताउँदै अहिले त्यो समस्या नभएको बताए । 

‘सरसफाइका कर्मचारी घरमा बस्ने रहेछन् । उनीहरूलाई बोलाएर कार्यविभाजन गरेर फोहोर उठाउन खटाएँ । फोहोर व्यवस्थापनको लागि पाँच वर्षको लागि पाँच कठ्ठा जग्गा भाँडामा लिएँ,’ उनले भने, ‘सार्वजनिक शौचालयका लागि घुम्ती शौचालयको व्यवस्थापन गरेँ । र बजारको पनि व्यवस्थापन भएको छ । 

करारका कर्मचारी हटाउँदा पालिका भवनमा धर्ना गरेको बताउँदै उनले आफूविरुद्ध मुद्दा दर्ता गराउन खोजेको बताए । तर, आफूले दृढ भएर काम गरेको उनको भनाइ छ । ‘दलबाट म चुनाव जितेर आएँ । तर, म जनताको प्रतिनीधि हो । अबको पाँच वर्षमा समृद्ध गरुढा बनाउन प्रतिबद्ध छु ।’