close

जनप्रतिनिधिको दशैँ भत्ता अपाङ्गता भएका विद्यार्थीलाई

जनप्रतिनिधिको दशैँ भत्ता अपाङ्गता भएका विद्यार्थीलाई

Trulli
ADVERTISEMENT

चितवन । स्थानीय तहको निर्वाचनमा निर्वाचित जनप्रतिनिधिले विभिन्न शीर्षकमा भत्ता पाउने गरेका छन् । भरतपुर महानगरपालिकाका एक वडासदस्यले मात्रै दशैँ अगाडि प्राप्त गरेका झण्डै ४० हजार भत्ता सामाजिक काममा लगाएका छन् । 

वडा नं १० का सदस्य रेशमराज थापा (ऋषि) ले प्राप्त भत्तालाई पहिलोपटक शिक्षा र स्वास्थ्य क्षेत्रमा खर्च गर्ने घोषणा गर्दै मङ्गलबार नारायणी माध्यमिक विद्यालयमा अध्ययनरत बौद्धिक अपाङ्गता भएका विद्यार्थीलाई लत्ताकपडा उपलब्ध गराए । 

बालबालिकालाई टिसर्ट, पाइन्ट र जुत्ता प्रदान गर्दै उहाँले शिक्षा र स्वास्थ्य आफ्नो पहिलो प्राथमिकता भएकाले आफ्नै वडाभित्रको विद्यालयमा अध्ययनरत बौद्धिक अपाङ्गता भएका विद्यार्थीलाई सहयोग गरिएको बताए । 

दशैँमा नयाँ कपडा पाएपछि बालबालिकाको मुहारमा खुसी छाएको थियो । उक्त विद्यालयका अध्यक्ष टेकबहादुर गुरुङले युवा जनप्रतिनिधिको सकारात्मक कार्यले थप ऊर्जा मिलेको बताए ।