close

‘मलाई चर्चामा भेट्नुहुन्न तर जनताको साथमा भेट्नुहुन्छ'

‘मलाई चर्चामा भेट्नुहुन्न तर जनताको साथमा भेट्नुहुन्छ'

Trulli
ADVERTISEMENT

कालीकोट । देशभर १३ स्थानीय तहको प्रमुखमा स्वतन्त्र उम्मेदवार निर्वाचित भएका छन् । तर, बालेन साह र हर्क साम्पाङको मात्र चर्चा छ । 

कोही गुमनाम छन् भने कोही चर्चामा आउदै चाहँदैनन् । निर्वाचित स्वतन्त्र उम्मेदवारमध्ये एक हुन्, सान्नी त्रिवेणी गाउँपालिकाका अध्यक्ष महेश केसी । उनले गठबन्धनका उम्मेदवार डम्वरबहादुर शाही पराजित गरेका हुन् ।

गाउँपालिका अध्यक्षमा निर्वाचित भएपछि अध्यक्ष केसीले सडकलाई पहिलो प्राथमिकतामा राखेको बताएका छन् । आगामी पाँच वर्षमा सडक र यातायातको सुविधा पाउने प्रतिबद्धता जाहेर गर्छन्, नगरप्रमुख केसी । 

लामो समय सामाजिक सेवामा तल्लीन रहेको हुँदा जनताले नगरप्रमुखमा रुचाएको उनी दाबी गर्छन् । गाउँपालिकामा नै हुर्किएर समाज बुझ्दै र सिक्दै आएका केसीले आफ्नो कार्यकालमा पालिकाभित्र शिक्षा, स्वास्थ्य, रोजगारी, सडक र कृषिलाई प्राथमिकतामा राखेर काम गर्ने बताएका छन् । 

उनकाअनुसार कर्णालीको ग्रामीण भेग भएकोले जनताले सोचे अनुसार परिवर्तन र विकास हुन सकेको छैन । जनताले राखेकाअपेक्षा पूरा गर्नको लागि सधैँ तत्पर रहने उनको भनाइ छ । 

उनले आफ्नो सुरुवाती दिनमा अघिल्लो कार्यकालको जनप्रतिनिधिको अधुरो योजना पूरा गर्दै आएका छन् । ‘अघिल्लो जनप्रतिनिधिको अधुरो योजना पूरा गर्दै आएका छौँ । केही नयाँ योजना पनि कार्यान्वयन हुने तयारीमा छ,’उनले भने । 

उनका पालिकाको केही वडाले कामहरू क्रम रुपमा अगाडि बढेको बताए । साथै महालेखा परीक्षकको कार्य भइरहेको छ । गाउँपालिकाअध्यक्ष केसीको नेतृत्वमाअसार १० गते गाउँसभा सम्पन्न भएको छ । गाउँसभामा जनताको माग र समस्या सम्बोधन हुने निर्णय भएको उनले सुनाए । 

‘हामीले सबै जनप्रतिनिधिको माग सम्बोधन हुने निर्णय गरेका छौँ,’उनले थपे, ‘वडागत रुपमा योजना निर्माण सँगै पारित भएको छ ।’पदभार ग्रहण गरेसँगै सामाजिक सुरक्षाभत्ता घर-घरमा वितरण गर्ने निर्णय गरिएको उनले पालिका खबरलाई सुनाए । ‘हाम्रो निर्णय अनुसार घर-घरमा गएर सामाजिक सुरक्षाभत्ता वितरण गर्दै आएका छौँ,’उनले भने । 

उनले पालिकामा सडकलाई प्राथमिकतामा राखेर काम गर्दै आएको बताए । ‘यहाँ वडागत रुपमा सडकको विस्तार हुन सकेको छैन, सडकको अभावले गर्दा बजारीकरणमा समस्या छ,’उनले भने, ‘सडकको सुविधा भएमा स्थानीयबासिन्दाले ठूलो राहत पाउने छन् ।’

गाउँपालिकाभित्र स्याउ, सुन्तलासँगै अन्य कृषिजन्य सामग्री उत्पादन गरिन्छ । उत्पादनको हिसावले राम्रो भए पनि परम्परागत खेती र सडक नभएको हुँदा कृषिजन्य सामग्रीको बजार नभएको बाध्यता सुनाए । 

‘कृषिमा आधुनिकीकरणको योजना गरेका छौं । माटो परीक्षणको लागि प्रयोगशाला स्थापना गर्ने सक्ने अवस्था छैन,’उनले भने, ‘कृषिको प्राविधिकको सल्लाहको आधारमा काम गर्दै आएका छौँ ।’

गाउँपालिका सुन्दर भए पनि पर्यटन क्षेत्र प्रर्वद्धन हुन नसकेकोमा उनले दुखेसो पोखे । उनले गाउँपालिकालाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्नको लागि योजना बनाउँदै आएको सुनाए । 

‘यहाँ बडीमालिका क्षेत्र छ । सो क्षेत्रमा प्रदेश नम्बर ६ र ७ को स्थानीयसँगै भारतबाट पनि तीर्थयात्री आउने गर्छन्,’उनले भने, ‘पर्यटकीय स्थलको वृत्तचित्र निर्माण कार्य भएको छ ।’

सो वृत्तचित्रले पनि पालिकामा पर्यटन विकासको लागि सहयोग गर्ने विश्वास व्यक्त गरे । पालिकाभित्र हाल २ निजी र ३६ सामुदायिक गरी ३८ वटा विद्यालय सञ्चालनमा छन् । विद्यालयको शैक्षिक गुणस्तरीयता बृद्धिको लागि अनुगमन र निरीक्षण गर्दै आएको छ ।

देशभर ३८५ स्वतन्त्र उम्मेदवार निर्वाचित भएका छन् । जसमा २६६ पुरुष र ११९ महिला छन् । स्वतन्त्र उपमेयर र उपाध्यक्ष २/२ जना निर्वाचित भएका छन् भने स्वतन्त्र वडाध्यक्ष १३६ निर्वाचित भएका छन् ।