close

‘पाँच वर्ष पदमा नरही जनताको सेवा गरेकाले मेयर भएको हुँ’ (भिडियोसहित)

‘पाँच वर्ष पदमा नरही जनताको सेवा गरेकाले मेयर भएको हुँ’ (भिडियोसहित)

Trulli
ADVERTISEMENT

काठमाडौंं । रौतहटको गरुडा नगरपालिकाका मेयर कन्थमणिप्रसाद कलवारले पाँच वर्ष कुनै पनि व्यवसायमा संलग्न नभई जनताको सेवा गरेकाले जनतालई आफूलाई मेयर पदको जिम्मेवारी दिएको बताएका छन् । 

पालिका खबरसँगको कुराकानीका क्रममा उनले यस्तो बताएका हुन् । 

उनी २०७४ सालमा नगरप्रमुख पदमा पराजित भएका थिए । आफू मेयर पदमा पराजित भए पनि यो बीचको पाँच वर्ष जनताकै साथमा रहेको उनको  भनाइ छ ।  स्वास्थ्य, शिक्षालगायतको विकासका लागि नगर दतारुक्तताका साथ लाग्ने बताएका छन् ।

यस्तै, आवश्यक कर्मचारी पदपूर्तिका लागि आवश्यक प्रक्रिया बढाउने उनले बताए । ‘मैले खानेपानी सेवा विस्तारका लागि काम गरेको छु,’ उनले भने ।