close

बालेन दिए काठमाडौंका नवनिर्वाचित सांसदलाई शुभकामना

बालेन दिए काठमाडौंका नवनिर्वाचित सांसदलाई शुभकामना

Trulli
ADVERTISEMENT

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले काठमाडौं जिल्लाबाट नवनिर्वाचित सांसदलाई बधाइ र शुभकामना दिएका छन् । उनले बिहिबार आफ्नो सामाजिक सञ्जाल (फेसबुक)मार्फत निर्वाचनमा सहभागि उम्मेदवारको कोसिसको सम्मान र नवनिर्वाचितलाई बधाई र शुभकामना दिएका हुन् । 

उनले महानगरपालिकासँग समग्र देशवासीको प्रत्यक्ष सरोकारका विषय रहेको जानकारी गराउँदै महानगरलाई संघीय सरकारको स्रोत, साधन र सहकार्यका आवश्यकता रहेको बताएका छन् ।

आफ्नो स्टाटसमा महानगरपालिका भित्र दिगो विकास एक्लैले गर्न नसक्ने उनकाे जिकिर छ । खोला किनार व्यवस्थापन, फोहोर व्यवस्थापन, बागमती टुकुचा, धोबीखोलाका समस्याको समाधान गर्न तथा महानगरलाई सुन्दर, स्वस्थ र समतामुलक बनाउन संघीय सरकारको आवश्यकता रहेको उनले औल्याएका छन् ।

नवनिर्वाचित प्रतिनिधि सभाका सदस्यसँग सहकार्य गर्न महानगरपालिका आतुर रहेको उनले आफ्नो फेसबुकमार्फत जनाएका छन् ।