close

मदिरा सेवन गरी वडाध्यक्षद्धारा प्रशासकीय अधिकृतको सरकारी निवास तोडफोड

मदिरा सेवन गरी वडाध्यक्षद्धारा प्रशासकीय अधिकृतको सरकारी निवास तोडफोड

Trulli
ADVERTISEMENT

 धनगढी । घोडाघोडी नगरपालिकाका वडाध्यक्षले प्रमुख प्रशासकीय अधिकृतको दिपककुमार आचार्यको सरकारी निवासमा तोडफोड गरेको छ । नगरपालिकाको  वडानम्बर १ का वडाध्यक्ष घनश्याम ओझाले  प्रशासकीय अधिकृतको निवासमा लात्ताले प्रहार गरेर टेबुल फुटाएका हुन् । 
 
नगरप्रमुख खड्कबहादुर रावलसहित केही वडाध्यक्षले शनिवार राती अधिकृत आचार्यको सरकारी निवासमा मदिरा सेवा गर्ने क्रममा विवाद सृजना भएपछि हात हालाहालसम्म्को अवस्था आएको थियो । 


घोडाघोडी नगरपालिका निवासी नेपाली काँग्रेस कैलाली जिल्लाका उपाध्यक्ष भीम बडुवालले कर्मचारी र जनप्रतिनिधिमा नैतिकता नभएकाले सो घटना भएको जनाएका छन् । उनका अनुसार नगरपालिका नगरप्रमुख, जनप्रतिनिधि र प्रशासकीय अधिकृतले आफ्नो पद र मर्यादालाई ध्यान नदिएर सार्वजनिक स्थानमा मदिरा सेवन गरेर सरकारी निवास तोडफोड भएको हो । 

सो विषयमा थप जानकारीको लागि पालिकासँग सम्पर्क गर्दा फोन उठेन ।