close

योजनाको जानकारी लिन अनुगमनमा पुगे नगरप्रमुख सुबेदी

योजनाको जानकारी लिन अनुगमनमा पुगे नगरप्रमुख सुबेदी

Trulli
ADVERTISEMENT

झापा । गौरादह नगरपालिकाले निमार्णाधीन आयोजनाको अनुगमन गरेको छ । नगरपालिकाका नगरप्रमुख छत्रपति सुबेदीसहितको टोलीले शुक्रबार र शनिबार आयोजनाहरुको अनुगमन गरेका हो । 

नगरप्रमुख सुबेदीका अनुसार पालिकाभित्र सञ्चालनमा रहेका योजनाको वस्तुगत अवस्था र निर्माण कार्यको बारेमा जानकारी लिनको लागि समय समयमा अनुगमन गर्दै आइएको छ । सोही अनुसार शुक्रबार र शनिबार  विभिन्न आयोजनाको अनुगमन गरिएको उनले बताए । 

आफ्नो नेतृत्वको टोलीले शुक्रबार वडा नम्बर ९ को कल्भर्ट र शनिबार वडा नम्बर १० को विभिन्न क्षेत्रमा अनुगमन गरेको उनले पालिकाखबरलाई सुनाए । उनले भने, 'हामीले गरेको अनुगमनमा सन्तोषजनक काम भइरहेको पाएका छौँ ।' निर्माण कार्यको लागि आवश्यक बजेट प्रदेश र केन्द्रीय सरकारले विनियोजन गरे पनि अनुमगनको जिम्मेवारी स्थानीय तहमा रहेको उनकाे भनाई छ। 

कल्भर्ट निर्माणको लागि यही माघमा निर्माण सम्झौता भएको हो । कल्भर्ट निर्माणको लागि २ करोड ९४ लाख रुपैयाँ बजेट विनियोजन भएको छ । जेठ १५ गतेभित्र निर्माण सम्पन्न हुने गरी सम्झौता भएको उनले जानकारी दिए। 

निर्माण सम्झौता अनुरुप कल्र्भटको निर्माण कार्य सम्पन्न हुने उनले बताए । ठेकेदार कम्पनीबाट निर्माण कार्य भइरहेको कल्भर्ट गुणस्तरीय रुपमा भएको उनले बताए ।