close

५० हजार घुससहित वडाध्यक्ष पक्राउ

५० हजार घुससहित वडाध्यक्ष पक्राउ

Trulli
ADVERTISEMENT

रुपन्देही ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शुद्धोधन गाउँपालिका वडा नम्बर ७ का वडाध्यक्ष र प्रशासकीय अधिकृतसहित ३ जनालाई पक्राउ गरेको छ । आयोगले उनीहरुलाई ५० हजार घुससहित पक्राउ गरेको हो । 

आयोगको सम्पर्क कार्यालय बुटवलको टोलीले वडाध्यक्ष भीमबहादुर यादव र प्रमुख प्रशासकीय अधिकृत अनन्तमणि मरासिनीलाई घुस रकमसहित पक्राउ गरेको हो । 

गिटी तथा बालुवा उत्खनन् सम्बन्धमा घुस मागेको उजुरीको आधारमा उनीहरुलाई आयोगले बिहान साढे ११ बजे पक्राउ गरेको जनाइएको छ ।