close

भक्तपुरका नगरप्रमुख र रोङका अध्यक्षको भेट

भक्तपुरका नगरप्रमुख र रोङका अध्यक्षको भेट

Trulli
ADVERTISEMENT

भक्तपुर। भक्तपुर नगरपालिकाका नगर प्रमुख सुनिल प्रजापति र इलामको रोङ गाउपालिकाका अध्यक्ष मनिकुमार स्याङबोले भेट गरेका छन्। भक्तपुर नगरपालिकाको सभाकक्षमा आइतबार उनीहरुले भेट गरेका हुन्। 

भेटमा नगर प्रमुख प्रजापतिले अध्यक्ष स्याङबोलाई पालिकामा स्वागत गर्दै भक्तपुर नगरपालिकाबाट सञ्चालित ८ वटा कलेजहरुको शैक्षिक विशेषताबारे अवगत गराए।  नगरपालिकाले कलेज सञ्चालनसँगसँगै ख्वप अस्पताल सञ्चालन गरी भक्तपुरका नागरिकहरुलाई स्तरीय स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेको जानकारी दिए।

नगरको मौलिक शैली जगेर्ना गर्न आवश्यक पहल गर्दै आइरहेको उनले बताए। यसका लागि नगरपालिकाले सञ्चालन गरेको ख्वप इन्जिनियरिङ कलेजका विद्यार्थीहरुलाई यहाँको मौलिक शैली संरक्षणका विधिहरु सिकाउँदै फरक ढंगले इन्जिनियरिङ शिक्षा प्रदान गर्दै आइरहेको बताए। 

रोङ गाउँपालिकाले आफ्ना नागरिकहरुको सुविधाको लागि कलेज सञ्चालन गर्ने उद्देश्य निकै स्वागतयोग्य भएको बताउँदै पालिकालाई आवश्यक सहयोग र समन्वय गर्न तत्पर रहेको बताए ।

यस्तै रोङ गाउँपालिकाका अध्यक्ष स्याङ्बोले चारवटा गाविस मिलाएर निर्माण भएको रोङ गाउँपालिका ६ वटा वडाहरुमा विभाजित रहेको बताए। कृषि, धार्मिक र पर्यटकीय हिसाबले रोङ गाउँपालिका प्रसिद्ध रहेको उनले जानकारी दिए। पाथीभरा मन्दिर पुनःनिर्माण प्यागोडा शैलीमा बनाउने योजना रहेको र त्यसमा भक्तपुर नपाबाट प्राविधिक सहयोगको लागि समेत उनले आग्रह गरे।

भक्तपुरका मन्दिरहरुकै शैलीमा पाथीभरा निर्माण गर्ने सोच रहेको बताउँदै उनले रोङ गाउँपालिकाले कलेज सञ्चालन गर्ने उद्देश्य समेत रहेको र कलेज सञ्चालनमा भक्तपुर मोडलबारे अनुभव आदानप्रदानको उद्देश्यले भक्तपुर भ्रमणमा आएको बताए। भक्तपुरबाट आफू प्रभावित भएको बताउँदै उनले शिक्षा, सम्पदा पुनःनिर्माण, सरसफाईलगायतका विषयमा जिज्ञासाहरु समेत राखेका थिए। 

भेटमा नगरप्रमुख प्रजापतिले अध्यक्ष स्याङबोलाई भक्तपुर नगरपालिकाका पुस्तकहरु उपहारको रुपमा प्रदान गरे।