close

भाषा र संस्कृति संरक्षणमा स्थानीय पहल प्रशंसनीय: नगरप्रमुख प्रजापति

भाषा र संस्कृति संरक्षणमा स्थानीय पहल प्रशंसनीय: नगरप्रमुख प्रजापति

Trulli
ADVERTISEMENT

ललितपुर । भक्तपुर नगरपालिकाका नगरप्रमुख सुनील प्रजापतिले सम्पदा बस्ती संरक्षण र सम्बर्द्धनमा स्थानीय तह र स्थानीय जनताबाटै विशेष पहल हुनु आवश्यक भएको बताए ।

ललितपुर महानगरपालिका वडा नं. २१ को आयोजनामा ऐतिहासिक एवम् सांस्कृतिक रुद्रायणी देवीको १२ वर्षे मेलाको अवसरमा उनले यस्ताे बताएका हुन्  ।

मेलाको जात्रापर्व सञ्चालनार्थ द्यो गँःमा नवप्रवेश गरेका देवगणहरुको स्वागत तथा सम्मान आयोजित बृहत देभ्वय् कार्यक्रममा बोल्दै उनले ऐतिहासिक एवम् सांस्कृतिक महत्व बोकेको खोकनालाई सांस्कृतिक क्षेत्र घोषणा गरी पर्यटकीय गन्तव्यस्थलको रुपमा विकास गर्न सकिने सम्भावना भएको बताए ।

उनले भाषा, संस्कृति, पहिचान भएको हुँदा त्यसको संरक्षण आफैले गर्नुपर्नेमा जोड दिए। 'उपत्यकाका सांस्कृतिक क्षेत्रमाथि तीव्र रुपमा अतिक्रमण भइरहेकोबारे स्पष्ट पार्दै उपत्यकाका पुराना बस्तीहरुको संरक्षण गरी सांस्कृतिक केन्द्रको रुपमा विकास गर्नु आवश्यक छ,' उनले भने ।

खोकना र भक्तपुरको सांस्कृतिक सम्बन्धको विकास गरी समन्वयात्मक रुपमा अघि बढ्न सके संस्कृतिको संरक्षणमा मद्दत पुग्ने धारणा उनले राखे ।

नगरपालिकाले पर्यटन शुल्कबाट उठेको रकमबाट भक्तपुरको शिक्षा, स्वास्थ्य र विकास निर्माणमा खर्च गर्दै आएको बताए । उनले नगरपालिकाले परम्परागत शैलीमा घर निर्माण गर्ने नगरबासीहरुलाई उचित अनुदानको व्यवस्था गरी प्रोत्साहित गर्र्दैै प्राचीन सहरलाई बचाइ राख्ने प्रयत्न गरिरहेको बताए ।

राजनीतिबाट कोही व्यक्ति अलग रहन नसक्ने बताउँदै उनले नागरिकताप्रति राज्य संवेदनशील हुन जरुरी रहेको बताए ।