close

कोरोना पछिको व्यवस्थापन गर्न नगरप्रमुख गिरी केन्यामा

कोरोना पछिको व्यवस्थापन गर्न नगरप्रमुख गिरी केन्यामा

Trulli
ADVERTISEMENT

काठमाडौं । चन्द्रागिरी  नगरपालिकाका नगरप्रमुख घनश्याम गिरी सोमबार केन्या गएका छन् । संयुक्त राष्ट्रसंघकाे निमन्त्रणामा उनी केन्या गएका हुन् । 

नगरप्रमुख गिरीको निजी सचिवालयका अनुसार नगरपालिकाकी उपप्रमुख बसन्ती श्रेष्ठलाई कार्यावाहक नगरप्रमुखको जिम्मेवारी दिएर उनी केन्या गएका हुन् । केन्याको राजधानी नैरोबीमा संचालन हुने ४ दिने सम्मेलनमा सहभागी हुन नैरोबी गएको सचिवालयले जनाएको छ । 

 कोभिडको महामारीको समयमा कोभिडको नियन्त्रण र रोकथाममा चन्द्रागिरि नगरपालिकाले प्रदर्शन गरेको अहम् भुमिकाको मूल्याकंन गर्दै ७५३ स्थानीय तहमध्ये सो नगरपालिकाले आमन्त्रण गरिएको जनाएको छ । उक्त सम्मेलन विशेष गरी कोभिड महामारी पछिको व्यवस्थापनको बारेमा तालिम तथा प्रशिक्षणमा केन्द्रित रहने जनाएको छ । 

 नगर प्रमुखको सम्मेलन सहभागिताको क्रममा नगरपालिकालाई कुनै पनि आर्थिक व्ययभार नपर्ने र  सम्पुर्ण जिम्मेवारी संयुक्त राष्ट्र संघको रहने  जनाएको छ । नगरप्रमुख गिरी आगामी शनिवार स्वदेश फिर्ता हुनेछन् ।