close

वरिष्ठ गायक प्रमोद पाण्डेको निधन ​​​​​​​

वरिष्ठ गायक प्रमोद पाण्डेको निधन ​​​​​​​

Trulli
ADVERTISEMENT

काठमाडौं । वरिष्ठ गायक प्रमोद पाण्डेको निधन भएको छ ।

पारिवारिक स्रोतका अनुसार मष्तिष्क क्यान्सरबाट पीडित ५९ वर्षे पाण्डेको बिहीवार निधन भएको हो । 

रेडियो नेपालबाट गायन सुरू गरेका पाण्डेले आधुनिक गीत तथा भजनमा स्वर दिएका छन् । पाण्डेका श्रीमती, एक छोरा र एक छोरी छन्।

२०४२ सालमा रेडियो नेपालमा रेकर्ड भएको उनले गाएको ‘जिन्दगीले कहाँ ल्याइपुर्यायो,’ बोलको गीत चर्चित थियो । कुन्ति मोक्तानसँग गाएको ‘आँखामै राखेर’ बोलको गीत र उनले प्रेम खड्कासँग गाएको ‘डालीमा डाली नाचेर हिंड्ने’ बोलको लोक गीत पनि चर्चित थियो ।