close

प्रधान सम्पादक एवं निर्देशकमा पाण्डे

प्रधान सम्पादक एवं निर्देशकमा पाण्डे

Trulli
पालिका खबर टिम
ADVERTISEMENT

काठमाडौँ । पालिका खबर मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित न्युज पोर्टल, टेलिभिजन र रेडियो कार्यक्रम तथा म्यागेजिनको  प्रधान सम्पादकमा रुपमा  आजदेखि चेतन पाण्डेले कार्यभार सम्हालेका छन् । पाण्डेले पालिका खबरको समाचार तथा कार्यक्रम निर्देशकका रुपमा समेत कार्य गर्नेछन् ।

नयाँ समाज साप्ताहिकबाट पत्रकारिता सुरु गरेका पाण्डेसँग परिस्थिति साप्ताहिक, श्रीसगरमाथा दैनिक, रेडियो सगरमाथा, राजधानी दैनिक, च्यानल नेपाल टेलिभिजन, नयाँ पत्रिका दैनिकमा काम गरेको अनुभव छ । साथै ३ दशक लामो पत्रकारिताको अनुभव संगालेका पाण्डे योहो टेलिभिजन, योहो डट कमका संस्थापक सम्पादक समेत रहिसकेका छन् । पछिल्लो समय उनी प्राइम टाइम टेलिभिजनमा समाचार प्रमुखका रुपमा कार्यरत थिए । साथै उनले नेपालफ्ल्यास डट कमको कार्यकारी अध्यक्षका रुपमा समेत व्यवस्थापकीय अनुभव संगालेका छन् ।

प्रधान सम्पादक पाण्डेलाई आजै पालिका खबर मिडिया हाउसका अध्यक्ष शिव अधिकारीले स्वागत गरेका छन् । स्वागत कार्यक्रममा अध्यक्ष अधिकारीले पाण्डेको नेतृत्वमा पालिका खबरले थप उचाइ हासिल गर्ने विश्वास व्यक्त गरे । साथै पालिका खबरले दबिएर रहेका र ओठसम्म बोली पुगे पनि बोल्न नसक्ने वर्गको आवाज बन्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।

स्वागत कार्यक्रममा प्रधान सम्पादक पाण्डेले पालिका खबर मिडिया हाउसको नीति अनुसार व्यावसायिक पत्रकारिताको माध्यमबाट संस्थालाई थप उचाइमा लैजाने विश्वास व्यक्त गरे । साथै उनले पालिका खबर किन पढ्ने, किन हेर्ने र किन सुन्ने भन्ने जवाफ दिन आफ्नो टिम कटिबद्ध रहेको समेत बताए ।

कार्यक्रममा पालिका खबरका निर्देशक करिस्मा कार्की तथा उपनिर्देशकद्वय सुशील श्रेष्ठ र जनकराज पण्डितले प्रधान सम्पादकमा पाण्डेलाई स्वागत गर्दै पालिका खबर मिडिया हाउस नयाँ गतिमा अगाडि बढ्ने विश्वास व्यक्त गरे ।

आजैदेखि पालिका खबर डट कम नयाँ साजसज्जासहित यहाँहरू समक्ष प्रस्तुत भएको छ ।