close

यस्ता छन् विमान दुर्घटनाका ६ कारण : नेपाली आकाशमा ८६७ जनाको मृत्यु

यस्ता छन् विमान दुर्घटनाका ६ कारण : नेपाली आकाशमा ८६७ जनाको मृत्यु

Trulli
ADVERTISEMENT

काठमाडौं । केही दिनअघि मुस्ताङमा तारा एयर दुर्घटना भएसँगै फेरि एक पटक हवाइ सुरक्षाको विषय बहसमा आएको छ । 

नेपालमा विमान दुर्घटनाको तथ्यांक डरलाग्दो छ । जुनसुकै कारणले विमान दुर्घटना भए पनि अन्तमा मौसम वा मानवीय कारणा देखाएर कम्पनीहरू उम्किने गरेका छन् । सरकारले गठन गर्ने छाबिन समितिले प्राय:जसो दुर्घटनाको दोष चालक वा मौसमलाई दिने गरेका छन् ।

तर, अन्तर्राष्ट्रिय नागरिक उड्ड्यन संगठनका अनुसार  हवाइ दुर्घटना विशेषत: ६ कारणले हुने गर्छ । उडान सम्पादन कार्य, मौसमी संरचना तथा जटिलता, विषम भौगोलिक अवस्था,  जहाजको प्रकार र उडान उपकरण, एयर ट्राफिक व्यवस्थापन र विमानस्थल र धावन मार्गको अवस्थाका कारण दुर्घटना हुने गर्छ ।

नेपालमा भएका हवाइ दुर्घटनामध्ये करिब ९५ प्रतिशत विमान पहाडमा ठोक्किएर भएका छन् । पहाडै पहाडको देश नेपालमा अधिकांश दुर्घटना आंकलन गरिएको र मौसम पूर्वानुमान महाशाखाले दिइरहेको अपडेटको पहुँच नपुग्ने गरी आकस्मिक रुपमा देखिने प्रतिकुल मौसमका कारण हुने गरेको प्रतिवेदनहरूले देखाउँछन् । नेपालमा आकस्मिक रुपमा  मौसम परिवर्तन र नेपालको भूगोल अनुसार उपकरण नहुनु सबैभन्दा चुनौती रहेको विज्ञहरूको बुझाइ छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता चन्द्रलाल कर्णका अनुसार नेपालको वातावरण र भौगोलिक संचना जटिल रहेको बताउँछन् । 'आकाशमाथिबाट जहाज जानुपर्ने हो तर पहाडको बीचबाट जानुपर्ने बाध्यता कयौं रुटमा छ, हिमाली क्षेत्र भएकोले सेकेण्ड-सेकेण्डमा हुने मौसम परिवर्तन पनि जोखिमको मुख्य विषय हो,' उनले पालिका खबरसँग भने । 

गत आइतबार पोखराबाट जोमसोम जाँदै गरेको तारा एयरको ट्‍विनअटर ‘नाइन एनएइटी’ विमान मुस्ताङको थसाङ-२ मा दुर्घटना हुँदा विमानमा चालक दलका तीन सदस्यसहित २२ जना यात्रुले ज्यान गुमाएका छन् । सोही रुटमै २०७२ सालमा पनि तारा एयरकै विमान दुर्घटना हुँदा २३ जनाको ज्यान गएको थियो । ०७२ फागुन १२ गते विमान पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको विमान म्याग्दीमा दुर्घटना थियो । 

२०७६ वैशाख १ गते आइतबार बिहान लुक्लामा समिट एयरको विमान दुर्घटना भयो । सोलुखुम्बुको खुम्बु पासाङ ल्हामू गाउँपालिका–२, लुक्लास्थित तेन्जिङ हिलारी विमानस्थलमा समिट एयरको जहाज उड्ने क्रममा चिप्लिएर दुर्घटना हुँदा को–पाइलटसहित तीन जनाको ज्यान गएको थियो । जहाज दुर्घटना भएर मनाङ एयरको हेलिकप्टरसँग ठोक्किएपछि हेलिकप्टर पनि क्षतिग्रस्त भएको छ ।

प्राधिकरणका प्रवक्ता कर्णले उडानसँगै दुर्घटनाका चार कारक रहेको बताए । उनका अनुसार वातावरण, मानवीय त्रुटी, प्रविधिक र संगठन मुख्य कारक छ । हवाइ सुरक्षण अडिटअनुसार एक तिहाइले कमजोर रहेको उनले स्वीकारे । उनले भने,'म स्वयम् पनि विमान चढ्नुपर्छ । त्यसैले संगठनात्मक रुमा हामी तीन भागमा एक भाग कमजोर छौं ।'

नेपालमा दुर्घटना भएका विमानमध्ये सबैभन्दा धेरै मानवीय क्षतिको आधारमा सन् १९९२ मा दुईवटा विमान दुर्घटना भए। थाइ एयरवेजको फलाइट–३११ बैकंकबाट काठ्माडौं आएको विमान ज्ञानफेदी डाँडामा ठोक्किदा जुलाइ ३१ तारिखका दिन दुर्घटना हुदा चालक दलका १४ सदस्य सहित ११३ जना यात्रुको मृत्यु भएको थियो।

२८ सेप्टेम्बर,१९९२ मा पाकिस्तान एयरलाइन्सको फ्लाइट–२६८ त्रिभुवन विमानस्थानमा अवतरणका क्रममा दुर्घटना हुँदा १६७ जनाको ज्यान गएको थियो।

सेफ्टि मेनेज्मेन्ट सिस्टम अनुसार नेपाल पाइलटको शारिरीकर मानसिक अवस्था, डकुमेन्ट पोलिसी, जनशक्तिलगायत धेरै टेक्निकल कारणले समस्या हुने गरेको उनको भनाइ छ । 

उनले थपे,'अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठनले लागू गरेको सुरक्षा मापदण्डअनुसार १०० मा १०० नै ल्याउनुपर्छ, तर नेपालले पाएको अंक ७०.१ मात्र छ, यो भनेको तीनभागमा एक भाग हामी कमजोर हो ।'

नेपाल नागरिक उड्डयन प्राधिकरणको तथ्यांकअनुसार नेपालमा सन् १९५५ देखि सन् २०२२ सम्म नेपालमा कुल १०८ वटा विमान दुर्घटना भएको छ । दुर्घनामा परी ८६७ जनाले ज्यान गुमाएका छन् भने ६८९ जनाको जीवितै उद्धार गरिएको छ ।

प्राधिकरणका अनुसार बहुइञ्जिन भएको ५२ वटा विमान दुर्घटनाग्रस्त हुँदा २९ वटा विमान दुर्घटनामा ३६० जना मानिसको ज्यान गएको छ । त्यसैगरी, नेपालको सिंगलइञ्जिन भएको कुल ८ वटा विमान दुर्घटना हुँदा २५ जनाको ज्यान गएको छ ।

नेपालमा अहिलेसम्म कुल ३६ वटा हेलिकप्टर दुर्घटना हुँदा ८५ जनाको ज्यान गएको छ । विदेशमा दर्ता भएका वायु सेवाका विमानहरूमध्ये कुल ९ वटा जहाज नेपालमा दुर्घटना हुँदा कुल ३७३ जना मानिसको ज्यान गएको छ ।

नेपालमा हवाइ दुर्घटना भइरहेको छ तर अन्तर्राष्ट्रिय नागरिक उड्ड्यन संगठनले दिएको सुझाव अनुसारको सुरक्षित तथा भरपर्दो हवाइ संरचना नेपालमा नभएको सत्य हो । यो तत्काल तयार हुने सम्भावना पनि छैन । आकस्मिक हुने मौसम प्रतिकुलता, सीमित स्रोतसाधन अभाव र सुहाउदो तावरणअनुसारको हवाइ उपकरण हुन नसक्नुजस्ता थुप्रै समस्याहरू छन् । पुराना विमानहरूलाई समय–समयमा मर्मत नगरिँदा पनि दुर्घटना बढ्दै गएको तथ्यलाई पनि नकार्न सकिंदैन ।

त्यसैले सर्तकता अपनाउने र आगामी दिनहरूमा दुर्घटना रोक्न सक्ने रणनीति तय गर्ने हो भने धेरै हदसम्म दुर्घटनाहरू रोक्न सकिन्छ । सबै विमानस्थलमा आधारभूत भौतिक संरचनाको समयमा मर्मत तथा नभएको संरचनामा पनि सरकारले जोड दिन आवश्यक छ ।