close

बलात्कारको अभियोगमा एक पुरुष पक्राउ

बलात्कारको अभियोगमा एक पुरुष पक्राउ

Trulli
ADVERTISEMENT

काठमाडौं । बलात्कारको अभियोगमा एक जना पक्राउ परेका छन् ।

हात्तीसारस्थित नेपाल हाउस रेष्टुरेन्टमा एक युवती बलात्कार गरेको अभियोगमा  दोलखाको तामाकोशी गाउँपालिका–६ घर भएका २० वर्षीय जीवन फुयाँल खत्री पक्राउ परेका हुन् । 

पीडितले दिएको जाहेरीका आधारमा फुयाँललाई पक्राउ गरेर अनुसन्धान थालिएको छ । घटना चार दिनअघिको हो ।

रेष्टुरेन्टमा इन्टर्नसिप गरिरहेकी उनीमाथि बलात्कार भएको सूचना प्रहरीले सोमबार राति साढे ११ बजे पाएको थियो । त्यसपछि प्रहरी वृत्त, दरबारमार्गबाट टोली खटिएर अनुसन्धान सुरु गरेको थियो ।

प्रहरीका अनुसार घटना भएको दिन रेष्टुरेन्ट सञ्चालकको पार्टी चलिरहेको थियो । फुयाँलले पीडितको ‘कोल्ड ड्रिङ्क’मा मदिरा मिसाएर खुवाएर लठ्ठाएर जबरजस्ती करणी गरेको अभियोग छ । थप अनुसन्धान जारी छ ।