close

तनहुँको रुवाखोला पुलबाट टिपर खस्दा एकको मृत्यु

तनहुँको रुवाखोला पुलबाट टिपर खस्दा एकको मृत्यु

Trulli
ADVERTISEMENT

काठमाडौं । तनहुँको आबुखैरेनी गाउँपालिका–४ पावर हाउस स्थित रुवाखोलाको पुलबाट बिहीबार बिहान मिनी टिपर खस्दा चालकको मृत्यु भएको छ ।

मुग्लिङबाट आबुखैरेनीतर्फ जाँदै गरेको ग १ क ४४६९ नम्बरको टिपर अनियन्त्रित भई पुलबाट खस्दा चालक तनहुँकै म्याग्दे गाउँपालिका–६ मनपाङका ४७ वर्षीय राम बहादुर दमाईको मृत्यु भएको हो ।

गम्भीर घाइते भएका उनको भरतपुर स्थित मेडिकल कलेज भरतपुरमा मृत्यु भएको हो ।

टिपर पुलबाट अन्दाजी २० मिटर तल खोलामा खसेको थियो ।