close

सेन्ट लरेन्सका दुई शिक्षक पुर्पक्षका लागि जेल चलान

सेन्ट लरेन्सका दुई शिक्षक पुर्पक्षका लागि जेल चलान

Trulli
ADVERTISEMENT

काठमाडौं । आफ्नै विद्यार्थीमाथि यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका सेन्ट लरेन्सका दुई शिक्षकलाई पुर्पक्षका लागि जेल चलान गरिएको छ ।

मंगलबार जिल्ला अदालत काठमाडौंले शिक्षक काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका–७ का ५१ वर्षीय राजन कुमार पौडेल र कलेजका कोर्ष को–अर्डिनेटर काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–१ स्थायी ठेगाना भइ हाल काठमाडौं कागेश्वरी मनोहरा नगपालिका–८ बस्ने वर्ष ४७ वर्षीय जनार्दन अधिकारीलाई पुर्पक्षका लागि जेल चलानको आदेश दिएको हो ।  

उनीहरूलाई न्यायाधीश केदारनाथ पौडेलको इजलासले थुनामा पठाउन आदेश गरेको अदालतका सूचना अधिकारी दीपक दाहालले जानकारी दिए।

तीनजना विद्यार्थीहरूले आफूमाथि शिक्षकले दुर्व्यवहार गरेको खुलेपछि प्रहरीले उनीहरूलाई जेठ १० गते पक्राउ गरेको थियो।

उनीहरू दुबै जनालाई डिल्लीबजार कारागार पठाइएको छ। कलेजमा विद्यार्थीमाथि शिक्षकहरूले नै यौन दुर्व्यवहार गरेको बाहिरिएपछि विद्यार्थीहरू आन्दोलित भएका थिए।