close

भक्तपुरमा टिपर र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

भक्तपुरमा टिपर र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

Trulli
ADVERTISEMENT

भक्तपुरमा टिपर र मोटरसाइकल आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । 

गएराति २ बजेतिर सूर्यविनायक नगरपालिका-८, आदर्शचोक नजिक बा ४ ख ५२९८ नम्बरको टिपर र विपरीत दिशाबाट आउँदै गरेको बा ८९ प ७८७६ नम्बरको मोटरसाइकल आपसमा ठोक्किँदा मोटरसाइकलमा रहेका दुई जनाको मृत्यु भएको हो । 

दुर्घटनामा भक्तपुर नगरपालिका–२ का १९ वर्षीय निश्चल चौगुठीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भक्तपुरका डीएसपी राजु पाण्डेले जानकारी दिए । अर्का मृतकको पहिचान खुल्न बाँकी रहेको उनले बताए ।

दुर्घटनामा गम्भीर घाइते भएका दुवै जनाको उपचारका क्रममा भक्तपुर अस्पतालमा बिहान तीन बजेतिर मृत्यु भएको डीएसपी पाण्डेले बताए ।

टिपर चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।