close

अब कुहिने र नकुहिने फोहोर नछुट्याए पाँच सय जरिवाना

अब कुहिने र नकुहिने फोहोर नछुट्याए पाँच सय जरिवाना

Trulli
ADVERTISEMENT

काठमाडौं । काठमाडौं महानगरपालिकाले साउन १ गतेदेखि कुहिने र नकुहिने फोहोर नछुट्याए कारबाही गर्ने भएको छ ।

महानगरको वातावरण तथा कृषि विभागले एक सूचना जारी गर्दै साउन १ गतेदेखि महानगरबासीले घरबाट निस्कने फोहोरलाई कुहिने र नकुहिने फोहोर नछुट्याए ५ सय रुपैयाँ कारबाही गरिने जनाएको हो ।

स्रोतमा नै फोहोरको पृथकीकरण नगरेमा फोहोर संकलन नगर्ने र प्रत्येक पटक पाँच सय रुपैयाँ जरिवाना गरिने वातावरण विभागले जनाएको छ ।

विभागद्वारा जारी सूचनामा भनिएको छ- 'जैविक (कुहिने) र अजैविक (नकुहिने) फोहोर छुट्याउने जिम्मेवारी फोहोर उत्पादनकर्ताको नै भएकोले फोहोर पृथकीकरण गरी जैविक (कुहिने) फोहोर सङ्कलन गर्न आउने दिन जैविक (कुहिने) फोहोर मात्रै सङ्कलन गर्ने र अजैविक (नकुहिने) फोहोर सङ्कलन गर्न आउने दिन अजैविक (नकुहिने) फोहोर मात्रै सङ्कलन गर्ने जानकारी गराइन्छ ।'

'यसरी स्रोतमा नै फोहोरको पृथकीकरण नगरेमा फोहोर सङ्कलन नगर्ने र काठमाडौं महानगरपालिका वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७ को दफा ५१ (थ) तथा फोहोरमैला व्यवस्थापन ऐन २०६८ को दफा ३८ (थ) अनुसार कसुर मानी प्रत्येक पटक पाँच सय रुपैयाँ जरिवाना हुने व्यहोरा जानकारी गिराइन्छ ।', सूचनामा भनिएको छ ।