close

वायु सेवा निगमको महाप्रबन्धकमा क्याप्टेन ज्वारचन नियुक्त

वायु सेवा निगमको महाप्रबन्धकमा क्याप्टेन ज्वारचन नियुक्त

Trulli
ADVERTISEMENT

काठमाडौं । नेपाल वायु सेवा निगमको महाप्रबन्धक पदमा वरिष्ठ क्याप्टेन दीपु ज्वारचन नियुक्त भएका छन् । 

बिहीबार कार्यकारी अध्यक्ष युवराज अधिकारी निलम्बनमा परेपछि रिक्त सो पदमा मन्त्रीस्तरीय निर्णयबाट ज्वारचन महाप्रबन्धक पदमा नियुक्त भएका हुन् ।  

‘मन्त्रिपरिषद्‍को निर्णयअनुसार नेपाल वायुसेवा निगम ऐन २०१९ को दफा १ बमोजिम निगमको महाप्रबन्धकको कामकाज गर्ने गरी अस्थायी नियुक्ति गरिएको छ,’ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयद्वारा जारी पत्रमा भनिएको छ ।

१५ वर्षअघि निगमको टुइनअटर विमानका लागि कोपाइलटका रुपमा प्रवेश गरेका ज्वारचन ०७६ असारदेखि ०७८ फागुनसम्म निगमको पाइलट तथा क्याबिन क्रू विभागका निर्देशक थिए ।