close

आजको मौसम : कहाँ-कहाँ हुँदैछ वर्षा ?

आजको मौसम : कहाँ-कहाँ हुँदैछ वर्षा ?

Trulli
ADVERTISEMENT

काठमाडौं । हाल प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा मनसुनी वायु को सामान्य प्रभाव छ । साथै अन्य भूभागमा स्थानीय वायु, पश्चिमी वायु तथा भारतको उत्तर प्रदेश र विहारमा रहेको पूर्व पश्चिमी न्यून चापीय रेखाको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हाल (शुक्रबार बिहान) काठमाडौं उपत्यका लगायत प्रदेश १, मधेश प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ । 

आज दिउँसो प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशमा सामान्य देखि पुर्ण बदली रही बाँकी भूभागमा आंशिक देखि सामान्य बदली रहनेछ । प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानमा र बाँकी प्रदेशका केही स्थानमा मेघ गर्जन, चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश १ को एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

आज राति पनि प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशमा सामान्य देखि पुर्ण बदली रही बाँकी भूभागमा आंशिक देखि सामान्य बदली रहनेछ । प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानमा साथै लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा मेघ गर्जन, चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना  छ। 

साथै प्रदेश १ तथा गण्डकी प्रदेशका एक, दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।