close

यस्तो छ आजको मौसम

Trulli
ADVERTISEMENT

काठमाडौं । हाल प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा मनसुनी वायुको सामान्य प्रभाव रहेको छ भने सूदुरपश्चिम भूभागमा स्थानीय वायु र पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वनुमान महाशाखाले जनाएको छ ।

हाल (शनिबार बिहान) देशभर सामान्य देखि पूर्ण बदली रहेको छ। लुम्बिनी र गण्डकी प्रदेशका अधिकांश स्थानमा साथै कर्णाली र सुदुरपश्चिम प्रदेशका केही स्थानमा मेघ गर्जन, चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका अधिकांश स्थानमा र बाँकी प्रदेशका केही स्थानमा मेघ गर्जन, चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । प्रदेश १ को एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

आज राति पनि देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । देशभरका पहाडी भूभागका अधिकांश स्थानमा र बाँकी भूभागका केही स्थानमा मेघ गर्जन, चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश १ र गण्डकी प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।