close

बाढी र डुबानको जोखिममा तनहुँका बस्ती

बाढी र डुबानको जोखिममा तनहुँका बस्ती

Trulli
तस्विर : रासस
ADVERTISEMENT

तनहुँ । तनहुँको बुल्दी खोलामा आएको बाढीले व्यास नगरपालिका– १ स्थित कराङ्गकाठ क्षेत्रका बस्ती र दमौलीको बसपार्क डुब्ने खतरामा पुगेको छ । 

आइतबार रातिदेखि अविरल वर्षाका कारण खोला र नदीमा पानीको बहाव बढ्दा खोला तथा नदी आसपास क्षेत्र बसोबास गरेका बस्ती जोखिममा परेको व्यास नगरपालिकाका सूचना अधिकारी कुमार कञ्चन जिसीले पालिका खबरलाई जानकारी दिएका छन् ।

बाढीले बुल्दी खोलामा बनाइएको पुलमा समेत क्षति पुर्‍याएको जानकारी उनले दिए । बाढी कै अहिले दमौलीको बसपार्क डुबानमा परेको कारण सार्वजनिक यातायात समेत पूर्णरुपमा चल्न सकेका छैनन् ।

साथै मादी खोलामा आएको बाढीले तनहुँ कै भतेरीमा झन्डै २ सय रोपनी खेत डुबानमा परेको जानकारी समेत जिसीले दिएका छन् ।