close

बुटवल–पाल्पासहित विभिन्न ठाउँमा सडक अवरुद्ध

बुटवल–पाल्पासहित विभिन्न ठाउँमा सडक अवरुद्ध

Trulli
ADVERTISEMENT

बुटवल । दुई दिनदेखि परेको अबिरल वर्षाका कारण बुटवल–पाल्पा सडक खण्ड अवरुद्ध भएको छ ।

लुम्बिनी प्रादेशिक ट्राफिक कार्यालय बुटवलले दिएको जानकारी अनुसार बुटवल–पाल्पा सडक अन्तरगत सिद्धबाबा नजिकै माथिबाट भेलसँगै बगेको गग्रेटो र ठूला ढुंगाले सडक अवरुद्ध भएको छ । माथिल्लो सिद्धबाबानजिकै रहेको एक छिहिरामा बाढीसँगै ढुङ्गा खसेको हो । मंगलबार पनि सोही ठाउँमा सडक अवरुद्ध भएको थियो । 

पाल्पा–रामपुर सडक समेत अवरुद्ध भएको छ । विभिन्न ठाउँमा पहिरोले सडक पुरिएपछि अवरुद्ध भएको हो ।

पूर्व–पश्चिम राजमार्ग अन्तरगत पूर्वी नवलपरासीको मध्यविन्दुमा सडक अवरुद्ध भएको छ । बाढीले सडकमा रहेका तीन वटा कल्भर्ट बगाएपछि सडक अवरुद्ध भएको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । खोलाको बहाब कम भएपछि मात्रै सडक खुलाउन सम्भव हुने बताइएको छ । 

मंगलबार विहानैदेखिको वर्षासँगै बुटवलको सडकमा भेल बगेको छ । सडक जलमग्न र हिलाम्य भएपछि चालक तथा पैदलयात्री समस्यामा परेका छन् । मुख्यबजार क्षेत्रमै पानीको उचित निकास नुहँदा निर्माणाधिन सडकबाटै भेल बगेको हो ।

मुख्य बजार क्षेत्रहरु गोलपार्क, लक्ष्मीनगर, ट्राफिकचोक, अस्पताललाइन हुँदै नयाँबसपार्कसम्म जाने सडक हिलाम्य छन् । 

कहिले स्थानियको विरोध, मुद्दा मामिला त कहिले ठेकेदार सम्पर्कमा नआउने जस्ता समस्याका कारण सडक निर्माणको काममा प्रगति हुन सकेको छैन । सडक बनाउँदा बनाउँदै बीचमा अलपत्र पारिएपछि स्थानीय र यात्रुले सास्ती ब्यहोर्नु परिरहेको छ । 

व्यापारिक मार्ग अन्तरगतअन्यकाम सम्पन्नभएपनि राजमार्ग चौराहदेखि चिडिया खोलासम्मको साढे तीन किलोमिटर सडक बिस्तारले पूर्णता नपाउँदा बुटवल बजार अस्तव्यस्त भएको छ ।