close

जाजरकोट–डोल्पा सडकमा पहिरो, यातायात ठप्प

जाजरकोट–डोल्पा सडकमा पहिरो, यातायात ठप्प

Trulli
ADVERTISEMENT

जाजरकोट–डोल्पा सडक अवरुद्ध भएको छ । जाजरकोटको नलगाड नगरपालिका–८ मालुवामा पहिरो गएपछि सडक अवरुद्ध हुँदा यातायात सेवा  ठप्प छ । 

बिहानदेखि सडक अवरुद्ध भएपछि रुकुम पश्चिम, डोल्पा र जाजरकोटका स्थानीयवासी समस्यामा परेका छन् । सडक खुलाउने काम भइरहेको नलगाड नगरपालिकाका नगरप्रमुख डम्बर रावतले बताए ।

कच्ची सडक र भिरालो जमिन भएका कारण यहाँ पटकपटक सडक अवरुद्ध हुने गर्छ । नेपाली सेनाले निर्माण गरेको सो सडक स्तरोन्नतिको काम भइरहेको छ । 

मौसम खराबीका कारण हवाई सेवा ठप्प भएर स्थल मार्गमार्फत यात्रा गरिरहेका डोल्पाका यात्रु बिहानैदेखि बाटोमै थन्किएका छन् । ठूलो चट्टान खसेकाले बाटो नै पुरेर भेरी नदीमा मिसाएका कारण मर्मतका लागि समय लाग्ने स्थानीयले बताएका छन् ।