close

देशभर मनसुनी वायुको प्रभाव, यस्तो छ सोमबारसम्मको मौसम

देशभर मनसुनी वायुको प्रभाव, यस्तो छ सोमबारसम्मको मौसम

Trulli
ADVERTISEMENT

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हाल (शनिबार बिहान) देशभर आंशिकदेखि सामान्य बदली रही काठमाडौं उपत्यकासहित बागमती, प्रदेश १, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ । 

आज दिउँसो  देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । पहाडी भू-भागका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । देशका तराई क्षेत्रका केही स्थानमा हल्का वर्षाको सम्भावना छ ।

त्यस्तै आज राति पनि पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली र अन्य भू-भागमा आंशिक बदली देखि मौसम समान्यता सफा रहनेछ । प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सूदुर पश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम र अन्य भू-भागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।  

भाेलि (आइतबार) देशभर सामान्य बदली रहने महाशाखाले जनाएको छ । देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । सुदूरपश्चिम र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ । 

सोमबार पनि देशभर आंशिक देखि सामान्य बदली रहनेछ । गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ । देशका अधिकांश स्थानमा हल्का देखि मध्यम वर्षा हुने महाशाखाले जनाएको छ ।