close

मकवानपुरमा ट्रक दुर्घटना, चालकको मृत्यु

मकवानपुरमा ट्रक दुर्घटना, चालकको मृत्यु

Trulli
ADVERTISEMENT

मकवानपुरको बकैया गाउँपालिका–११ घट्टेपाखा नजिक फलाम बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

शुक्रबार दिउँसो हेटौँडाबाट ठिंगनतर्फ जाँदै गरेको सी जी ०७ बी एच ५५२७ नम्बरको फलाम बोकेको भारतीय ट्रक दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

मृत्यु हुनेमा ट्रक चालक भारत पटना जिल्ला महाबलिपुर बस्ने ४० वर्षीय सुरेन्द्र यादव रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।

उनका अनुसार उक्त ट्रक स्थानीयको घरमा ठक्कर दिएर २०० मिटर तल खस्दा चालक सुरेन्द्रको घटनास्थलमै मृत्यु भएको हो ।

सुरेन्द्रको शव गाडीको स्टेयरिङमा अड्केर रहेको अवस्थामा फेला परेको प्रहरी नायब उपरीक्षक कार्कीले बताए । 

ट्रकका सहचालक भारत रौतास जिल्ला दरिहट बस्ने १८ वर्षीय अजित यादव भने हामफालेर बाँच्न सफल भएका छन् । उनी सामान्य घाइते छन् ।