close

पाँचथरमा पहिराेले घर बगाउँदा तीन जना बेपत्ता

पाँचथरमा पहिराेले घर बगाउँदा तीन जना बेपत्ता

Trulli
फाइल फोटो
ADVERTISEMENT

पाँचथर । अविरल वर्षासँगै खसेको पहिरोले पाँचथरमा एक घर बगाउँदा तीन जना बेपत्ता भएका छन् ।  

शुक्रबार राति पाँचथरको फालेलुङ गाउँपालिका–७ विहीदिनका रुपलाल मगरको घर पहिराले बगाउँदा ४२ वर्षीय रुपलालसहित तीन जना बेपत्ता भएका हुन् ।

बेपत्ता हुनेमा उनकी श्रीमती ३८ वर्षीया गोमा र १९ वर्षीया भतिजी एलिसा छन् । रुपलालका काका ७१ वर्षीय दल प्रसाद मगर भने पहिरोमा उछिट्टिएर बाँच्न सफल भएका छन् ।

ढुंगा, माटोले बनेको रुपलालको घर तथा गोठ पहिरोले बगाएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । 

स्थानीय, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले बेपत्ताको खोजी गरिरहेको छ ।

अपडेट: पहिरोमा पुरिएका दुई जनाको शव फेला