close

पहिरोमा पुरिएका दुई जनाको शव फेला

पहिरोमा पुरिएका दुई जनाको शव फेला

Trulli
ADVERTISEMENT

पाँचथरमा पहिरोमा पुरिएका तीन जनामध्ये दुई जनाको शव फेला परेको छ ।

फालेलुङ गाउँपालिका-७, बिहीदिनमा शुक्रबार राति पहिरोले घर-गोठ पुर्दा एकै परिवारका तीन जना बेपत्ता भएका थिए ।

४२ वर्षीय रूपलाल मगरको शव परेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । अर्का एक जनाको पहिचान हुन बाँकी रहेको पाँचथरका प्रमुख प्रहरी नायव उपरीक्षक राकेश थापाले जानकारी दिए । 

उनका अनुसार बेपत्ता भएकामध्ये अर्का एकको खोजी कार्य जारी छ ।

जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार स्थानीय ७१ वर्षीय दल प्रसाद मगरको घर गएराति पहिरोले बगाएको हो । मगर भने पहिरोमा उछिट्टिएर बाँच्न सफल भएका थिए ।

पहिरोले घर बगाउँदा उनका ४२ वर्षीय छोरा रूपलाल मगर, बुहारी ३८ वर्षीया गोमा मगर र उनको १९ वर्षीया भतिजी एलिसा मगर बेपत्ता भएका थिए ।

बेपत्ताको खोजी गर्न नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीय खटिएका थिए ।