close

देशभर मनसुनी वायुको प्रभाव: यस्तो छ तीन दिनको मौसम

देशभर मनसुनी वायुको प्रभाव: यस्तो छ तीन दिनको मौसम

Trulli
ADVERTISEMENT

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अहिले (मंगलबार बिहान) गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्य देखि पूर्ण बदली रही बाँकी प्रदेशमा आंशिक देखि सामान्य बदली रहेको छ । गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश स्थानमा साथै बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन चट्टयाङ्ग सहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । 

आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ ।  देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । सुदूरपश्चिम प्रदेश र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ । 

त्यस्तै आज राति प्रदेश १, कर्णाली र सुदूरपश्चिम प्रदेशका अधिकांश स्थानमा र बाँकी प्रदेशका केही स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना छ । सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ । 

भोलि बुधबार  देशभर सामान्य बदली रहनेछ ।  देशका धेरै स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना छ भने गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ । 

बिहीबार पनि देशभर आंशिक देखि सामान्य बदली रहनेछ ।  देशका केही स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।