close

रामेछापको सुनापती बस दुर्घटनामा ११ जनाको मृत्यु

रामेछापको सुनापती बस दुर्घटनामा ११ जनाको मृत्यु

Trulli
ADVERTISEMENT

रामेछाप । रामेछापबाट काठमाडौँ आउँदै गरेको यात्रुवाहक बस रामेछापको सुनापती गाउँपालिका–५ सिमानामा आज बिहान दुर्घटना हुँदा ११ जनाको घटनास्थलमै मृत्यु भएको छ ।

सुनापती गाउँपालिकाकी उपाध्यक्ष गीता विष्ट चौलागाईंले पालिका खबरलाई जानकारी दिएअनुसार दुर्घटना स्थलमै ११ जनाको मृत्यु भएको थियो । मृतकहरूको सनाखत हुन बाँकी नै छ ।

उनका अनुसार बसमा यात्रा गरिरहेका ३६ जना यात्रु मध्ये ३ जनालाई हेलिकोप्टरमार्फत काठमाडौँ लगिएको छ । बाँकीको उपचार धुलिखेलमा भइरहेको छ ।

रामेछाप जिल्ला प्रहरी कार्यालयका अनुसार बा ३ ख ८३९६ को बस बिहान १०:१० बजे दुर्घटना भएको हो।

घाइतेहरूको उद्धारका लागि सुनापती गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्षसहितको टोली दुर्घटनास्थल पुगेको छ।

साथै उपाध्यक्ष चौलागाईंको अनुसार घाइतेहरू २५ जनाकै अवस्था गम्भीर छ ।