close

सुनापती बस दुर्घटनामा मृत्यु हुने संख्या १३ पुग्यो (अपडेट)

सुनापती बस दुर्घटनामा मृत्यु हुने संख्या १३ पुग्यो (अपडेट)

Trulli
ADVERTISEMENT

रामेछाप । रामेछापबाट काठमाडौँ आउँदै गरेको यात्रुवाहक बस रामेछापको सुनापती गाउँपालिका–५ सिमानामा आज बिहान दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको छ ।

सुनापती गाउँपालिकाकी उपाध्यक्ष गीता विष्ट चौलागाईंले पालिका खबरलाई जानकारी दिएअनुसार दुर्घटना स्थलमै ९ जनाको मृत्यु भएको थियो । बाँकी ४ जनाको उपचारको क्रममा धुलिखेल अस्पतालमा मृत्यु भएको उनले पालिका खबरलाई जानकारी दिइन् ।

जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार घटनास्थलमा मृत्यु हुनेहरूमा रामेछापको सुनापती–५ घर भएका ६० वर्षीय ठुला तामाङ, २२ वर्षीय विपना तामाङ, ३६ वर्षीय सञ्जु आले मगर, ३६ वर्षीय खडक बहादुर बिक, सुनापती–४ की २६ वर्षीया समरिता तामाङ,  काभ्रेको रोशीका २५ वर्षीय कमल तामाङ, पाँचखाल नगरपालिका–८ का १८ वर्षीय सुदीप गजमेर, मण्डन देउपुर गाउँपालिका–९ की ६० वर्षीय सुभलक्ष्मी मानन्धर र पाँचखाल नगरपालिकाका कुलबहादुर बिक रहेका छन् ।

उपाध्यक्ष चौलागाईंका अनुसार हाल धुलिखेल अस्पतालमा २१ जनाको उपचार भइरहेको छ । यस्तै ३ जनालाई हेलिकप्टरबाट उपचारका लागि काठमाडौँ ल्याइएको छ ।

आज बिहान ७ बजेतिर सुनापती गाउँपालिकाको केन्द्र हिलेदेवीबाट काठमाडौँ आउँदै गरेको बा३ख ८३९६ नम्बरको यात्रुवाहक बस जिल्लाको सुनापती गाउँपालिका–५ र खाँडादेवी गाउँपालिका–१ स्थित सिमानामा दुर्घटना भएको हो ।

ब्रेक फेल भएर बस दुर्घटना भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।