close

यस्तो छ आजको मौसम

Trulli
ADVERTISEMENT

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अहिले (बुधबार बिहान) देशभर सामान्य बदली रहेको छ । प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । 

आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ । देशका केही स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

आज राति पनि देशभर आंशिक देखि सामान्य बदली रहनेछ । गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।