close

मध्यपुर थिमिमा ढोकाले किचेर बालिकाको मृत्यु

मध्यपुर थिमिमा ढोकाले किचेर बालिकाको मृत्यु

Trulli
ADVERTISEMENT

भक्तपुर । मध्यपुर थिमि–१, लोहकिल्थलीमा ढोकाले किचेर एक बालिकाको मृत्यु भएको छ ।

लोहकिल्थलीस्थित रमाइलो चोकको घरको कम्पाउन्डको ढोकाले किचेर एक बालिकाको मृत्यु भएको हो । 

स्थानीय तिलकप्रसाद गौतमको घरको कम्पाउन्डमा रहेको फलामे ढोका अचानक पल्टिँदा सोही घरमा पाहुना आएकी पाँच वर्षीया श्रीसिजा अर्यालको मृत्यु भएको हो ।

नुवाकोटको विदुर नगरपालिका–८ घर भई हाल भक्तपुर बोडेमा परिवारसँगै बस्दै आएकी पाँच वर्षीया श्रीसिजा अर्यालको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

ढोकाले किचेर गम्भीर घाइते भएकी उनको उपचारका क्रममा मध्यपुर अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिए ।