close

स्वतन्त्र, शान्तिपूर्ण र भयरहित निर्वाचन गराउन अपिल

स्वतन्त्र, शान्तिपूर्ण र भयरहित निर्वाचन गराउन अपिल

Trulli
ADVERTISEMENT

राष्ट्रिय निर्वाचन पर्यवेक्षण समितिले यही मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन इमान्दारी, जिम्मेवारी तथा जवाफदेहीपूर्णरुपमा सम्पन्न गराउन अपिल गरेको छ । 

नियोगले आज पत्रकार सम्मेलनको आयोजना गरी स्वतन्त्र, निष्पक्ष, मर्यादित, भयरहित र शान्तिपूर्ण निर्वाचन नै लोकतन्त्रको आधारशीला भएको उल्लेख गर्दै सरकार, राजनीतिक दल र उम्मेदवारलाई आयोगले अपिल गरेको हो ।
 
नियोगका अध्यक्ष कपिल श्रेष्ठले निर्वाचन स्वतन्त्र, शान्तिपूर्ण र भयरहित वातावरणमा हुनुपर्नेमा जोड दिँदै निर्वाचनबाट बन्ने भोलिको सरकारले देशको विकास र स्थायित्व दिनसक्ने हुनुपर्ने बताए ।

नियोगले गत असोजको अन्तिम सातादेखि नै निर्वाचनको पूर्वअवधिको पर्यवेक्षण गर्न नेपालका ७७ जिल्लामा तालिम दिएर पर्यवेक्षक खटाएको छ । 

नियोगले दीर्घकालीन पर्यवेक्षणको तयारी, मतदाता शिक्षा, प्रचारप्रसारका गतिविधि, निर्वाचनमा हिंसा तथा सुरक्षालगायतका विषयमा नेपालमा पहिलो पटक एपोलो दु्रत रिपोर्टिङ प्रणालीको प्रयोग गरेको जनाएको छ ।

नियोगले ७७ जिल्लामा करिब दुई हजार छोटो अवधिका लागि पर्यवेक्षक तयार गरेको छ । तीमध्ये एक सय ५० राष्ट्रिय पर्यवेक्षकसहित मतदान केन्द्रमा लक्षित गरेर तयार गरेको नियोगले जनाएको छ ।

पर्यवेक्षक प्रक्रियालाई थप वैज्ञानिक, यथार्थ एवं तथ्यफरक बनाउन राष्ट्रियस्तरको ‘डाटा सेन्टर’ स्थापना समेत गरेर काम गर्ने तयारी गरेको छ ।