close

खापरमा मतपेटिकामा आगजनी

खापरमा मतपेटिकामा आगजनी

Trulli
ADVERTISEMENT

बाजुरा । बाजुराको स्वामिकार्तिक खापर गाउँपालिकामा मतपेटिकामा आगजनी भएको छ ।

गाउँपालिकाको वडा नं १ को भगवती आधारभुत विद्यालय मतदान केन्द्रमा आगजनी भएको हो । 

क केन्द्रमा रहेको प्रदेश सभा समानुपातिकतर्फको मतपेटिकामा आगजनी भएको प्रहरीले जनाएको छ।

कसले आगो लगायो भन्ने जानकारी आउन सकेको छैन । मतपेटिका नै जलेपछि अहिले मतदान कार्य रोकिएको प्रहरीले जनाएको छ । कुल ८४० मतदाता रहेको उक्त मतदान केन्द्रमा ५२८ मत खसेको थियो ।