close

मतपेटिका जोगाउन गोली चलाउँदा प्रहरी घाइते

मतपेटिका जोगाउन गोली चलाउँदा प्रहरी घाइते

Trulli
ADVERTISEMENT

बझाङ । बझाङमा दलका कार्यकर्ताबीचको झडप रोक्नका लागि प्रहरीले गरेको हवाइ फायरबाट प्रहरी नै घाइते भएका छन्।

सत्ता गठबन्धन र एमालेका कार्यकर्ताले मतपेटिकका विषयमा झिकेको विवाद उग्र बनेपछि प्रहरीले हवाइ फायर खोलेको हो।

मतपेटिका जोगाउन प्रहरीले हवाइ फायर खोलेको थियो। प्रहरीले चलाएको गोली भित्तामा लागेर फर्किँदा हवल्दारको खुट्टामा लागेको छ।

छविस पाथिभेरा गाउँपालिका १ गुरेलथुमको मष्टा प्रावि मतदान केन्द्रमा दलका कार्यकर्ताहरूबीचको झडप रोक्न प्रहरीले गरेको फायर प्रहरीलाई नै लाग्दा एक प्रहरी हवल्दार घाइते भएका हुन्। 

घाइते हवल्दारको उद्धारका लागि अहिले एम्बुलेन्ससहितको प्रहरी टोली पठाइएको जिल्ला प्रहरी कार्यालय बझाङले जानकारी दिएको छ। उनको खुट्टामा गोली लागेको छ।